कर्मचारीहरु प्रति गरिएको व्यवहार प्रति नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन तथा बोर्डकाे विज्ञप्ती
वि.सं.२०७८ असोज ७ बिहीवार
shares
मिति २०७८।०६।०४ र २०७८।०६।०६ मा नेपाल धितोपत्र बोर्डको खुमलटार स्थित कार्यालयमा केही लगानीकर्ता बताउने समूहबाट आफ्ना माग राख्ने भन्दै धितोपत्र बोर्डका कर्मचारी तथा पदाधिकारीहरुलाई कार्यालय समय भन्दा पछि कार्यालयको प्रवेशद्वारमा अवरोध गरी कार्यालय भित्र नै बन्धक बनाइ कर्मचारीहरु प्रति गरिएको व्यवहार तथा प्रयोग गरिएको भाषाले यस नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन तथा बोर्डका सम्पूर्ण कर्मचारीहरुलाई दुःखित बनाएको र सो कार्य प्रति यस संगठन उक्त गैरकानुनी कार्य प्रति खेद प्रकट गर्दछ ।
बोर्डको नीतिगत निर्णयको नेतृत्व गर्ने बोर्ड अध्यक्षको अभावमा कुनै पनि नीतिगत निर्णय गर्न नसक्ने अवस्थामा बोर्डको कर्मचारीहरुलाई कार्यालयमा बन्धक बनाउंने र अमर्यादित तथा अभद्र शव्दको प्रयोगले सम्पूर्ण लगानीकर्ता तथा समग्र पुँजी बजारको हितमा कार्य गरिरहेका कर्मचारीहरुको आत्मबल कमजोर बनाउनुका साथै नियमन निकायको गरिमालाई समेत आघात पुर्याएको छ ।
यस्ता गतिविधिहरुले बोर्डका कर्मचारीहरुको जीउज्यानमा सुरक्षाको जोखिम बढाएकोले कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गरी सुरक्षित कार्यवातारणको प्रवन्ध गर्न तथा कानुनी रुपमा संगठित लगानीकर्ताका संघ/संस्थाहरु मार्फत मात्र लगानीकर्ताहरुको समस्या समाधान गर्ने व्यवस्थीत प्रणालीको विकास गर्न बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकाय समक्ष माग गर्दछौ ।
साथै अराजक तथा आपराधिक गतिविधि गर्ने व्यक्ति कानुनी कार्वाहीको दायरामा आउनुपर्ने हुंदा बोर्ड व्यवस्थापन तथा सम्बन्धित निकायहरुलाई अनुरोध गदै सम्पूर्ण कर्मचारीहरुको इमान्दारीता माथि आक्षेप लगाउने तथा तथ्यहिन प्रचार गरी कर्मचारीको मनोवल कमजोर पारी पुँजी बजार जस्तो संवेदनशील क्षेत्रको नियमन निकायलाई कमजोर बनाई बजारबाट अबान्छित लाभ लिन प्रयत्न गर्ने व्यक्ति तथा समूहलाई बल पुग्ने प्रति चनाखो हुन सम्पूर्ण सरोकार पक्षसँग नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन हार्दिक अपिल गर्दछ ।































