ज्योति लाईफ इन्स्योरेन्सको न्युनतम रुपैयाँ ५३ देखि ७४ रुपैयाँसम्म बोनस दर निर्धारित
वि.सं.२०७८ असोज ८ शुक्रवार
ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आ.व. २०७६/२०७७ को आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कन बारे कम्पनीको बिमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन श्री बीमा समितिबाट मिति २०७७/०४/१२ मा स्वीकृत भई २०७६ अषाढ मसान्त सम्ममा जारी भएका मुनाफामा सारिक हुने बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ५३ देखि ७४ रुपैयाँसम्म घोषणा गरेको छ ।
सावधिक जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ५३ रुपैयाँ, १० देखि १५ वर्ष अवधिको ५४ रुपैयाँ , १४ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ४४ रुपैयाँ र २४ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बीमालेखका लागि ७४ रुपैयाँ बोनश दर तोकेको छ।
भने सावधिक तथा आजीवन जीवन बीमालेखका लागि ९ वर्ष सम्म अवधिको ५३ रुपैयाँ, १० देखि १५ वर्ष अवधिको ५४ रुपैयाँ , १४ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २५ वर्ष अवधिको ४४ रुपैयाँ र २४ वा सोभन्दा माथि वर्ष अवधिको बीमालेखमा ७४ रुपैयाँ बोनश दर तोकेको छ ।
त्यस्तै अग्रिम भुक्तानी जीवन बीमालेखका लागि १० देखि १५ वर्ष अवधिको ५३ रुपैयाँ , १४ देखि १९ वर्ष अवधिको बीमालेखमा ५४ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको बीमालेखका लागि ४० रुपैयाँ बोनश दर तोकेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ असोज ८ शुक्रवार १३:५३