नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणको लागि वृज सिमेन्ट सहयोग प्रदान
वि.सं.२०७८ असोज १३ बुधवार
shares
पुष्पतारा केडिया सेवा फाउन्डेशनल तथा वृज सिमेन्ट ई. प्रा. लि. द्वारा नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निर्माणको लागि वृज सिमेन्ट सहयोग प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ चितवन शाखासँग वृज सिमेन्ट ई. प्रा. लि. ले सहकार्य गर्दै काम गर्न पाउँदा खुसी महसुस गरेका छौँ । आगामी दिनमा समेत वृज सिमेन्ट र नेपाल पत्रकार महासंघ चितवन शाखाबीच प्रगाढ सम्बन्ध निरन्तर रुपमा अगाडि बढ्नेमा हामी आशावादी छौँ ।
नेपाल पत्रकार महासंघ चितवन शाखालाई आफ्नो भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउण्डेशन तथा वृज सिमेन्ट ई. प्रा. लि. ले उपलब्ध गराउने भएको छ । आज आयोजित एक कार्यक्रमबीच वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि.का चितवन एरियाका सेल्स म्यानेजर श्री लक्ष्मी प्रसाद गुप्ता, वृज सिमेन्ट चितवनका आधिकारिक बिक्रेता उत्सव इन्टरप्राइजेजका प्रोपाइटर श्री सिरिस पन्त र नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारी, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवाली बीच सहमती भएको हो ।
पत्रकारहरुको हकहितका लागि स्थापना भएको नेपाल पत्रकार महासंघलाई वृज सिमेन्टले प्रदान गरेको सहयोग अतुलनीय रहेको नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष तथा भवन निर्माण समितिका संयोजक प्रकाशमणि ज्ञवालीले बताउनु भयो ।
पुष्पतारा केडिया सेवा फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्थालगायत विभिन्न क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न परियोजनाहरुलाई सहायता प्रदान गर्दै आइरहेको छ । स्मरणीय छ कि पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको नाफारहित सामाजिक संस्थाको रुपमा रहेको छ ।
आगामी दिनमा समेत नेपाल पत्रकार महासंघ चितवन शाखाले पुष्पतारा केडिया सेवा फाउन्डेशनल तथा वृज सिमेन्टसँग सहकार्य गर्दै अगाडि बढ्ने नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले बताउनुभयो ।































