क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ : प्रवण भुसाल बने उत्कृष्ट खल अभिनेता
वि.सं.२०७८ असोज १५ शुक्रवार
shares
लामो समय देखि नेपाली चलचित्र ठप्प जस्तै भयको समयमा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७५ र २०७६ सालका फिल्महरु लाई समाबेश गरि अवार्ड राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भयको छ। जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा अवार्ड वितरण गरिएको हो।
नेपाली चलचित्र मा लामोसमयदेखि निरन्तर काम गरिरहेका कलाकार प्रवन भुषाल ले चलचित्र मन्दिरा बाट उत्कृष्ट खल अभिनेता अवार्ड हातपारे का छन् भने उत्कृष्ट अभिनेता चलचित्र शुशिल श्रेष्ठ लभ डायरिज, उत्कृष्ट अभिनेत्री चलचित्र आशा गिरी ड्रिम गर्ल, उत्कृष्ट सह अभिनेता चलचित्र धिरेन शाक्य सरौंतो ,उत्कृष्ट निर्देशक चलचित्र ऋषीराज आचार्य ड्रिम गर्ल, उत्कृष्ट हास्य अभिनेता चलचित्र गोपाल ढकाल छन्दे पोई प¥या काले, उत्कृष्ट छायाँकार चलचित्र सौरभ लामा राम कहानी, उत्कृष्ट चरित्र अभिनेता चलचित्र प्रेम पाण्डे जात्रै जात्र।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्री, समाजसेवी तथा ब्यबसायी ज्ञान बहादुर लामा, चलचित्र निर्माता निर्देशक आकाश अधिकारी, कलाकार संगका अधक्ष्य रबिन्द्र खड्का, नेपाल चलचित्र का व्यक्ति हरुको बाक्लो उपस्थिति रहेको थियो।
मोडेलिंग गर्दै नेपाली चलचित्र प्रवेश गरेका प्रवण ले हालसम्म आधा दर्जन चलचित्र मा अभिनय गरिसकेका छन् एके ४७, लुकामारी, मन्दिरा, सेम सेक्स म्यारिज, वान्टेड लगायतका चलचित्र र करिब एक दर्जन भन्दा धेरै नेपाली म्युजिक विडियो र दुई दर्जन बढी विभिन्न राष्ट्रिय अन्तरास्ट्रिय बिज्ञापन यबम छोटो चलचित्रहरु मा सार्थक कलाकारको रुपमा काम गरेका छन भने उनि अभिनित चलचित्र “घनचक्कर” प्रदर्शन को तयारीमा रहेको छ।
चलचित्र, गीत, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरियो । यो अवाडको अहिले गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण जस्ता विधामा प्रदान गरिएको छ । यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला/पुरुष, छायाँकार, सम्पादक जस्ता विधामा अवार्ड प्रदान गरियको थियो।
































