साहस उर्जा लिमिटेडकाे आईपीओ बाँडफाँड हुदैँ

27.9K
shares
Nabil bank

साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) प्रि अलटमेन्ट शुक्रबार सम्पन्न गरेकाे छ भने कम्पनीको आईपिओ बाँडफाँड भने आज हुँदैछ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँड असोज १७ गते आज बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौमा बिहान ९ बजे हुनेछ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौमा बिहान ९ बजे बाँडफाँड गरिने भए पनि त्यसकाे केही घण्टापछि मात्रै इन्टरनेटमा नतिजा हेर्न मिल्नेछ ।सेयर चाैतारीले लेखेकाे छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x