ज्योति लाईफका संचालक श्री जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित
वि.सं.२०७८ असोज २१ बिहीवार
46.3K
shares
shares
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. का संचालक श्री जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेक्र अन्तर्गत सामाजिक कार्यमा सत्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
वहाँ उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ । अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नुहुनेछ । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो ।
अहिलेसम्म राउण्ड टेबल नेपालले ३५८ कक्षा कोठासहित ४८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।
Subscribe
0 Comments
Oldest































