सुनको मूल्यमा सामान्य वृद्धि हुँदा चाँदी भने स्थिर

12.4K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यमा सामान्य बृद्धि भएकाे छ । आज सुन प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हाे ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ रुपैयाँ तोकिएको छ । उक्त सुन सोमबार प्रतितोला ९२ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँको सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १ रुपैयाँ रहेकामा सोमबार ९१ हजार ९ रुपैयाँ थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेकाले प्रतितोला एक हजार २६५ रुपैयाँ कायम छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x