डान्स रियालिटि सो डान्स च्याम्पियन प्रसारण आउँदै
वि.सं.२०७८ कात्तिक ९ मंगलवार
shares
इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रा.ली.का लागि कार्तिक २४ गते, बिहिबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ र युटुबमा OSR Digital बाट प्रसारण हुनेछ ।
ऊक्त कार्यत्रमको मार्केटिङ कि एड्भर्टाइजिङले गर्दै छ । नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले र OSR Digital ले नियमित प्रसारण गर्ने छ ।
उक्त मेगा–शो प्रत्येक बिहिबार र शुक्रबार, हप्ताको २ दिन, बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने छ ।
डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) र निशान्त कटुवाल रहेका छन् ।
ऊक्त कार्यक्रमका निर्देशक गजित बिष्ट हुन् । कुल २४ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३५ भागको हुनेछ ।


























