वर्तमान गठबन्धन त्यति कमजाेर नभएको अध्यक्ष नेपालकाे दाबी

2.4K
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन त्यति कमजाेर नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको दाबी गरेका हुन् ।

उनले भने ‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल भएको छैन् ।

त्यस्तै प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने बताउदै उहाँले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप समेत लगाए ।

त्यसैगरी आफ्नो वर्तमान पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको तथा जनताले विश्वास गरेकाे बताए ।

civil hospital
Hams Hospitals