प्रचण्ड देश बर्बाद पार्ने खराब पात्र हुन् – अध्यक्ष ओली
वि.सं.२०७८ कात्तिक १४ आइतवार
shares
काठमण्डौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देश बर्बाद पार्ने पात्रकाे रुपमा चित्रण गरेका छन्।
नेकपा एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रचण्डले धक्का, छल्याङ भनेर आफैलाई महाविपत्तितर्फ धकेल्दै लागेको अध्यक्ष ओलीले दाबी गरेका हुन् ।
आफू प्रधानमन्त्री हुँदा बालुवाटारमा करोडौंको भाडाकुडा किन्यो भनेर माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिको पनि खण्डन गरे ।
सो क्रममा उनले सभामुख अग्नीप्रसाद सापकोटालाई संसदीय प्रणालीकै कलंकको संज्ञा दिँदै सभामुख सापकोटाजस्तो संसदीय प्रणालीकै कलंकलाई फेरि संसदमा पाईला टेक्न नदिने गरी आगामी निर्वाचनमा हराउन पनि सिन्धुपाल्चोक जिल्लाका नेता, कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।



























