बैंक अफ काठमाण्डूको सीईओमा मास्के नियुक्त

11.9K
shares
Nabil bank

कात्तिक १७ , काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा श्रवण लाल मास्के नियुक्त भएका छन् ।

बुधवार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई सीईओमा नियुक्त गरेको कम्पनीले बताएको छ । उनले गत तीन महीना अघिदेखि कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्दै आएका थिए ।

कम्पनीका अनुसार मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

सन् १९८५ मा नबिल बैंक लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका मास्केसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

नवनियुक्त सीईओ मास्केले आफ्नो कार्यकालमा थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन भूमिका खेल्ने बताएका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x