सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा जानकी गा.पा.– ५, खजुराखुर्दमा

14.2K
shares
Nabil bank

कार्तिक १८,२०७८ । सन्राइज बैंक लिमिटेडले बाँके जिल्लाको जानकी गा.पा.वडा नं.– ०५, खजुराखुर्दमा शाखारहित बैंकिङ्ग (Branchless Banking) सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७९ पुगेको छ ।

बैंकले जानकी गा.पा. वडा नं.– ०५, खजुराखुर्दमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको व्यावसायिक प्रतिनिधिका रुफमा श्रीमती ललिता मिश्रालाई नियुक्त गरेको छ ।

मंगलबार, मिति २०७८/०७/१६ मा आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यत्रममा जानकी गा.पा.का अध्यक्ष श्रीमती भुमिसरा धितालको प्रमुख आतिथ्यता, सन्राइज बैंक नेपालगंज शाखाका शाखा प्रबन्धक श्री अनिल बज्राचार्य तथा अन्य कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यावसायिहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

सो अवसरमा बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिलभुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हाल सम्म सन््राइज बैंकले १३९ वटा शाखा, ७९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १४८ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x