कार्तिक २६ देखि Footwear Business Expo हुने

22.4K
shares
Nabil bank

२०७६ पौष देखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभावका कारण २०७६ चैत्र देखि नेपालमा पनि सवै प्रकारका उद्योग तथा व्यापार व्यावसायहरु निरन्तर रुपमा संचालन गर्न नसकिने वाध्यात्मक परिस्थिति सिर्जना भयो ।

लामो समय सम्म उद्योग धन्दा कलकारखाना व्यापार व्यवसाय बन्द हुँदा त्यहा कार्यरत कर्मचारी तथा कामदारहरुको पारिश्रमिक, बैंक व्याज, घर भाडा, विद्युत महशुल लगायत तमामखाले खर्च व्यवस्थापन गर्न नसकेर कतिपय उद्योगहरु अहिले सम्म पनि संचालनमा आउन सकिरहेका छैनन् । त्यसमा पनि फुटवेयर क्षेत्र यस क्षेत्रमा धेरै ठुलो लगानी छ र लगानीको अनुपातमा खर्च पनि अत्याधिक हुने नै भयो ।

एकातर्फ अत्याधिक खर्च अर्का तर्फ अधिकांश कच्चा पदार्थ वाह्य मुलुकबाट आयात नै गर्नु पर्ने वाध्यात्मक परिस्थितिका कारण अन्तराष्ट्रिय वजारबाट सहज रुपमा कच्चापदार्थ आयात हुन सकिरहेको छैन । सिमित रुपमा उत्पादन भएका वस्तुहरु पनि उपझोक्ताहरुको त्रयशक्तिमा आएको कमीका कारण वजार पाउन सकिरहेको छैन ।

यसरी चौतर्फी मारमा परेको यो क्षेत्रलाई जिवित राख्न र कोभिड १९ का कारण असहज बनेको परिस्थितिलाई सहज बनाउदै आर्थिक क्रियाकलाप सुचारु गर्नु पर्ने, आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने अहिलेको आवश्यकता पनि हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन र विकासका निमित्त यस एशोसिएसनले हरेक वर्ष गर्ने गरेको औद्योगिक प्रदर्शनी विगत २ वर्ष देखि कोभिडका कारण गर्न सकिएन । आम उपभोक्ताहरुको विचमा आफ्ना उत्पादनहरु पुर्‍याउने परिचित गराउने मुख्य माध्यम प्रदर्शनी तथा मेला महोत्सव नै हुन । तसर्थ समग्र विग्रीएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारीक र व्यावसायीक कृयाकलापलाई सहज बनाउदै लैजान यस एशोसिएसनको आयोजनामा FMAN Footwear Business Expo २०७८ कार्तिक २६ देखि २०७८ मंसिर १३ गते सम्म प्रदर्शनि मार्ग स्थित भृकुटीमण्डपमा आयोजना हुनगईरहेको छ । संघको आयोजनामा हुनलागेको यो तेश्रो व्यापारीक मेला हो । गत वर्ष माघ/फाल्गुणमा भएको दोश्रो व्यापारीक मेला अत्यन्त भव्यताका साथ सम्पन्न भएको थियो ।

वर्षमा २ पटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारीक मेला आयोजना गर्ने संघको नीति अनुसार यो वर्षको पहिलो मेला उक्त अवधिमा गर्न लागिएको छ । एशोसियसनको आयोजनामा हुने राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी उपयुक्त समयमा संघले आयोजना गर्ने नै छ । एशोसिएसनको यो नीतिलाई पुर्ण रुपमा पालना गर्दै सक्रिय सहभागिताका लागि सम्पुर्ण उद्योगी व्यावसायीहरुमा एशोसिएसन आग्रहगर्दछ ।

स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान भन्ने मुलनाराका साथ यही कार्तिक २६ गते देखी मंसिर १३ गते सम्म संचालन हुने मेलामा नेपालका चर्चित ३० वटा कम्पनीहरुका ६० वटा भन्दा बढि स्टलहरु रहने छन् । Business Expo भएका कारण र एशोसिएसनमा आवद्ध नेपालका चर्चित ब्राण्डहरुको सहभागिता हुने यो मेलामा उपभोक्ताहरुले भारी छुटका साथ गुणस्तरीय उत्पादनहरु प्राप्त गर्न सक्नु हुने छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन र विकास गर्दै जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने अभियानमा विगतका दिनहरुमा संचारकर्मी महानुभावले निर्वाह गर्नु भएको भुमिकालाई एशोसिएसनले कदापीभुल्न सक्ने छैन । हाम्रो यो अभियानमा सहयात्री बनेर आगामी दिनमा पनि स्वदेशी उत्पादनको प्रवर्द्धन, विकास र विस्तारमा निरन्तर संगै रहने र साथ र सहयोग यहाँहरुबाट प्राप्त गरिरहने विश्वास गर्दै यसलाई भव्यताका साथ सफल बनाउन यहाँहरुको साथ सहयोग सल्लाह सुझावको अपेक्षा आयोजकले गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x