पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि , एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्यो

2.2K
shares

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे छ। पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । अब पेट्रोल लिटरको १३६ रुपैयाँ, डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ र ग्यासको मूल्य एक हजार पाँच सय ७५ रुपैयाँ कायम भएकाे निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको छ । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । समायोजना गरिएको मूल्य बुधबार मध्यरातको १२ बजेदेखि लागू हुने निगमले बताएको छ ।

-जारी विज्ञप्ति

 

 

civil hospital
Hams Hospitals