सानिमा लाइफ इन्स्योरेन्सकाे खुद मुनाफामा २४.७८ प्रतिशतले सुधार

1.9K
shares

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा ५५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरको छ । यहि अवधिमा गतबर्ष कम्पनीले ३८ करोड २४ लाख रुपैयाँ बीमा शुल्क कमाएको थियो ।

कम्पनीको खुद मुनाफामा पनि २४.७८ प्रतिशतले सुधार आउँदा तीन महिनाको अवधिमा कम्पनीले ४ करोड ३८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत वर्षको सोहि अवधिमा तीन करोड ५१ लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीले जीवन बीमा कोष एक अर्ब १८ करोड रुपैयाँबाट २ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको सानिमा लाइफको जगेडा कोषमा २८ करोड ७२ लाख रुपैयाँ जम्मा भएको छ ।

civil hospital
Hams Hospitals