राष्ट्रिय बीमा कम्पनीले (सीईओ) पदमा दरखास्त आह्वान

2K
shares

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा दरखास्त आह्वान गरेको छ । पदपूर्तिसम्बन्धी आइतबार प्रकाशित सूचनामा ६५ वर्ष ननाघेका व्यक्तिहरूले आजबाट १५ दिनभित्र दरखास्त दिन सक्ने उल्लेख गरेको छ ।

यसअघि राष्ट्रिय बीमाकम्पनी लिमिटेडमा नेपाल सरकारका उपसचिव डा. डिल्लीराज अर्याल प्रमुख कार्यकारी अधिकृत थिए । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अर्याललाई सीईओ नियुक्त गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि अर्याललाई फिर्ता बोलाइएको थियो । आठ वर्षदेखि बीमा कम्पनी लिमिटेडले लेखा परीक्षण नै गर्न सकेको छैन ।

civil hospital
Hams Hospitals