सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त

23.6K
shares
Nabil bank

सिद्घार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्री सुन्दर प्रसाद कडेल नियुक्त हुनुभएको छ । मिति २०७८ साल मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८४औँ बैंठकले श्री कडेललाई आगामी ५ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

यसअघि बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्री शम्भु नाथ गौतमले आफ्नो ५ वर्षे कार्यकाल सम्पन्न गरी बैंकको सेवाबाट अवकाश लिने निर्णय गरे पश्चात् श्री कडेल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

बैंकिङ्ग क्षेत्रको सेवामा नवनियुत्त प्रमुख कार्यकारी अधिकृत श्री कडेलको तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ । व्यवस्थापनमा स्नातकोत्तर हासिल गर्नुभएका श्री कडेल सिद्धार्थ बैंकमा विगत १६ वर्षदेखि विभिन्न उच्च व्यवस्थापकीय पदमा रहेर कार्य गरी विगत ५ वर्ष देखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो ।

बैंक सञ्चालनमा विशेष दखल राख्ने श्री कडेलले सिद्धार्थ बैंकमा सेवा प्रारम्भ गर्नु अगाडि नबिल बैंकमा समेत करिब १७ वर्षको कार्य अनुभव समेत सँगाल्नु भएको छ ।

प्रमुख कार्यकारी अधिकृत श्री कडेलको नियुक्तिबाट सिद्धार्थ बैंकलाई अझै उचाईमा लैजान मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x