प्राइम कमर्सियल बैंकको लाभांश पारित
वि.सं.२०७८ पुस ६ मंगलवार
shares
काठमाडौँ ।प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा आज मंगलबार सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम लाभांश पारित गरेको छ ।
बैकले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।
आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । उनी यसअघि पनि बैंकको सञ्चालक थिए ।
अध्यक्ष श्रेष्ठले साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी लगायत सम्बन्धित सबैमा कृतज्ञता ज्ञापन गरे ।
सो अवसरमा उनले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।































