कलियुग आए कै हो त ?

26.9K
shares
Nabil bank

कलियुग आए कै हो त ?

मेराे कलमले लेखिन्छ अब यहाँ इतिहास छुट्टै,
सजिलै सङ्ग होइन न्यायको लागि लडि हात बनाई रित्तै ।

यति छिट्टै भन्लास फेरि अन्याय भएकाे यहाँ अत्ति नै धेरै
होइन् थोरै पुर्खाले गरि दिएकाे त्याग यहाँ बिलिन हुँदैछ हेर्दा हेर्दै।

मैले देख्दा देख्दै झुटा बोली बिकि रहेका छन् बजारमा जताततै
छ्याप छ्याप्ती महगा महगा दाममा ती विचरा कठै।

सत्य कुरा गरि जे हो त्यहिँ देखाउँदा पनि कतै
किन विक्न सकेकाे छैन् उनी हरुकाे सम्मान तिनी हरु जस्तो जताततै।

मलाई त्यहि नि भनि दे दुनियाँ नियाल्ने आकाश के कलि युग आए कै हो त ?
वेद र पुरानमा लेखेको कुरा के यहाँ सत्य हुन् लाए कै हो त ?

छाए कै हो त अंहकारको वादलले आकाश ? आए कै हो कलियुग मान्छेको सोचमा , हर एक मान्छेले मानवताको धर्म बिर्सी , अनेक पाप गरि ढुङ्गालाई ढोगी शुद्ध हुन्छु भन्छ के शुद्ध हुन्छ त?

एउटी नारीकाे जोवन देखेर समालिन नसक्ने रामको भेषमा लुकेका रावण टाउके हरु के मुक्त न त ?

जिउँदा भगवान हेला गर्ने ती भक्त के युक्त हुन्छ न त,
ढुङ्गालाई ढोक्ने हर एक मान्छेहरु के शुद्व हुन्छन् त?

मलाई भनि दे न त्यहिँ आकाश ,
के कलियुग आए कै हो त ?

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x