गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको देउवाकाे भनाई
वि.सं.२०७८ पुस ११ आइतवार
22.2K
shares
shares
काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन्।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा देउवाले पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका हुन् ।
उनले भने ‘संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको तथा मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएका हाैं’।
उनले प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताउँदै मुलुकलाई शान्ति प्रक्रियामा लैजानु पर्नेमा जाेड दिए। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाई गर्नुभएको हो,’ देउवाले बताए ।
Subscribe
0 Comments
Oldest































