नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट
वि.सं.२०७८ पुस १२ सोमवार
22.1K
shares
shares
काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको गिरावट आएको छ। आज नेप्से ६९ दशमलव ७७ अंकले घटेर दुई हजार पाँच सय २१ दशमलव ६५ विन्दुमा पुगेकाे हाे ।
आइतबार भने नेप्से ७१ दशमलव २० अंकले बढेर दुई हजार पाँच सय ९१ दशमलब ४२ विन्दुमा पुगेर कारोबार राेकिएकाे थियो । आज २३८ कम्पनीको ६७ हजार ७६० कित्ता सेयर खरिद-बिक्री हुँदा कुल पाँच अर्ब ६० करोड ७४ लाख बराबरको कारोबार भएको छ । आइतबार पाँच अर्ब १७ करोड ३२ लाख बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी कारोबार नबिल बैंकले ३० करोड ६० लाख भन्दा बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा गोर्खाज फाइनान्स र मध्यभोटेकोसी जलविद्युत कम्पनी रहेका छन्।
यी कम्पनीको सेयर मूल्य आज सर्किट लेभलमा पुगेको छ। त्यस्तै, आज जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रो कम्पनीको सेयर मूल्यमा धेरै गिरावट आएको छ ।
Subscribe
0 Comments
Oldest































