स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को बीसौं वार्षिक साधारण सभा सम्पन्न
सिंहदरबार न्यूज
वि.सं.२०७८ पुस १६ शुक्रवार
2.1K shares
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २० औं वार्षिक साधारण सभा विहीवार काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस र ६ प्रतिशत नगद गरी २४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ मा रु.६८ करोड ६२ लाख ४१ हजार ४ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। साधारण सभाले आ.व. २०७७/७८ को वासलात, नाफानोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।
चालु आ.व.को मंसिर मसान्तसम्म ६१ जिल्लाका १५४ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४५ हजार ९ सय ८७ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१९ डढअर्व ५९ करोड ८७ लाख ५ हजार पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.११ अर्व ३ करोड ६३ लाख ५४ हजार रहेको छ ।
राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशको सातै प्रदेशका हिमाल, पहाड र तराईका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब १४ करोड रुपैयाँ साथै जारी तथा चुक्ता पूँजी रु.१ अर्ब १२ करोड २१ लाख ७० हजार कायम गर्ने निर्णय समेत यस साधारण सभाले गरेको छ ।