म त जान लागे आमा
वि.सं.२०७८ पुस १७ शनिवार
19.4K
shares
shares
म त जान लागे आमा, म त जान लागे सपनाको शहरमा, होइन त्यो बिरानो शहरमा निराशामा होइन आशामा ।
ठुला शहर ठुला ठुला घर सम्झिदाँ मनै हरर, सफा ठाउँ अनि चिल्ला गाडी, देख्दा राम्रा मान्छे चरित्र कस्तो थाहाँ छैन् ।
आमा म त जाने लागे…….. नडराउन, निराशामा होइन् आशामा, त्यो टिनको छानो फेर्ने जोशमा ,
गह्रुङ्गो बुबाको काँधको जिम्मेवारी हलुका बनाउने आशामा,संसार नदेखेकी मेरि तिमिलाई संसार देखाउने जोशमा।
म त जाने लागे आमा…….. झिलिमिलिको शहरमा,
रमाउन होइन् सायद रम्न म सक्छु कि भनी, त्यहाँका हर एक चिज सङ्ग म मिल्न सकु है भनी ।
जाँदै आज आफ्नालाई छाडी पैसा कमाए पछि त समाजले पनि मेरो तारिफ गर्छन नि , तिम्रो त्यो चोली फेरिन्छ नि तिम्रो हात बाट हँसिया खोसिन्छ नि,
आधुनिक युगमा आधुनिक चुलो प्रयोग गरि मैले पैसा कमाए पछि , तिमिलाई हर एक समय दुख दिने त्यो धुवाँ बाट बचाउन सकुला नि ।
आमा म त जान लागे………
मलाइ छोड्न बुबा आउँदै हुनुहुन्छ बसमा मेरो मन छैन होशमा,मात्तिएर हैन खै किन हो मलाई नै थाहा छैन् , तिमिलाई छोडेर जान मन त लागेकै छैन् ।
हारेको छु आफै देखि अहिले तर आफुले आफैलाइ जित्छु बिश्वास छ, म त जान लागे……..
नयाँ कपडा पनि किनि सके चिटिक्क राम्रो देखिन्छु आशाले, बाहिरी आवरण मन पराउने यो समाजले ।
म त जाने लागे आमा…….निराशामा होइन् आशामा म पक्कै फर्की आउछु, बुढेसकालमा तिम्रो लठ्ठी बन्न, मन मेरो खै किन हो होश मै छैन् ।
म त जान लागे आमा………..!
म त जान लागे आमा……….!
Subscribe
0 Comments
Oldest
































