सेयर बजारले लय समात्याे , लगानीकर्ताहरुमा देखियाे उत्साह

13.3K
shares
Nabil bank

काठमाडौं । सेयर बजारमा निरन्तर उकालो तर्फ गइरहेको छ । मंगलबार पनि सेयर बजारमा उल्लेख सुधार भएकाे देखिन्छ।

आज मंगलबार मापन गर्ने सूचक ४९.१९ अंकले बढेर परिसूचक २८३४.१३ बिन्दुमा रोकिएको छ । कारोबारको सुरु देखि नै उकालो लागेको बजार अन्तिम सम्मपनि उकालाे लागेको हाे । निरन्तर बढेकाे बजारमा लगानीकर्ता मालामाल बनेका छन् ।

२३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९७ रुपैयाँमा किनबेच भएको छ । बैंकिङ समूहको ३.६४, विकास बैंक १७१.२५, फाइनान्स कम्पनी १४९.७३, जलविद्युत ६५.८८, जीवन बीमा ५९७.७१, माइक्रोफाइनान्स २०६.७६, जीवन बीमा समूहको उपसूचक ३३६.२९ अंकले बढेको छ ।

त्यस्तै नारायणी विकास बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मध्ये भोटेकोशी जलविद्युत कम्पनी, सिभिल लघुवित्त, ङादी हाईड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x