प्रचण्डले बयलगाढाको सिद्धान्त बोकेका प्रधानमन्त्री केपी शर्मा ओली अझै बयलगाढामै रहेको बताए

1.2K
shares

काठमाडौं, राजनीतिक रुपमा विभाजित सत्तारुढ नेकपाको प्रचण्ड माधव समूहका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बयलगाढाको सिद्धान्त बोकेका प्रधानमन्त्री केपी शर्मा ओली अझै बयलगाढामै रहेको बताएका छन् ।

 

काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता र गणतन्त्रका विरोधी रहेका ओलीलाई आफूले सुधारेको सम्झिएपनि उनी अफै यी सबै व्यवस्थाको विरोधी रहेको संसद विघटनको कदमले पुष्टि गरेको बताएका छन् ।

 

प्रचण्डले ओली संविधान विरोधी र संघीयता, लोकतन्त्र र जनभावनाको कदर नगर्ने व्यक्ति भएको भन्दै संविधानमा हुँदै नभएको प्रावधानअनुसार सदन भंगको घोषणा गरेपनि आफूहरु जिउँदै भएकाले सदन जिउँदो भएको बताएका छन ।

 

प्रचण्डले ओलीले संसद विघटन गरेर कलंकको टिका लगाएको भन्दै अब जनतामाझ गल्तीको माफ िनमागेसम्म उनी कलंकित भइरहने पनि ठोकुवा गरेका छन ।

civil hospital
Hams Hospitals