बलेफी हाईड्रोपावरकाे आइपिओ चैत १६ देखि खुल्ला

Ghorahi cement

काठमाडौं । बलेफी हाईड्रो पावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही चैत १६ गतेबाट एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १८ लाख २७ हजार नौ सय ७० कित्ता साधारण सेयरको बिक्री कार्य खुल्ला गर्न लागेको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही चैत २१ गते र ढिलोमा यही चैत्र ३० गते बन्द हुने छ । खरिदकर्ताहरुले न्युनतम १० देखि अधिकतम एक लाख कित्ता सम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार बिक्रीको लागि छुट्याईएको कुल सेयर मध्येमा चार प्रतिशत अर्थात ७३ हजार एक सय १९ कित्ता सेयर कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ९१ हजार तीन सय ९८ कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १६ लाख ६३ हजार पाँच सय ५३ कित्ता सेयर सर्वसाधारणको लागि बिक्री हुने छ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रर्वन्धककोरुपमा भने ग्लोवल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro