आइएमई पेको ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ : कोको बने बिजेता ?

Ghorahi cement

काठमाडौँ ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले उत्सावको बहार, दुवई घुम्ने उपहार विजेताको घोषणा गरेको छ ।

कम्पनीले ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ भन्ने मुल नाराका साथ नेपालीहरूको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरि तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ ।

धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन् ।

आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा वहाँहरू विजेता बन्न सफल भएका हुन् ।

व्यवसाय प्रवद्र्घनमुखी यस्ता स्किममार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्देश्यले उक्त सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च रु तीन लाख (रु. एक लाख ५० हजार प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro