संसद भंग गरेर सबै निर्वाचनमा जाऔं : अध्यक्ष नेपाल
वि.सं.२०७८ फागुन २२ आइतवार
1.8K
shares
shares
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर निर्वाचनमा जानुपर्नेमा बताएका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरु सँगकाे कुराकानीमा अध्यक्ष नेपालले संसद भंग गरेर निर्वाचनमा जानुपर्नेमा बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको उल्लेख गर्दै विकल्पको रुपमा संसद भंग गरेको ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्नेमा नेपालले जाेड दिएका छन् ।
‘केपी ओलीलाई कति सहने र एमालेले हाउस चल्न नदिने, भत्ता पनि खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद भंग गर्ने, संसद् पनि रहन्न, यो वितण्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।’ उनले भने ।





























