मेयरमा रेणु र उपमेयरमा अधिकारीले गराए भरतपुरमा उम्मेदवारी दर्ता
वि.सं.२०७९ वैशाख १२ सोमवार
3K
shares
shares
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवारहरुकाे उम्मेदवारी दर्ता भएको छ।
भरतपुर महानगरको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ रेणु दाहालले मेयर पदमा तथा उपमेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयमा र्यालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै अधिकारी कांग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन् ।
हाल सत्ताको नेतृत्व गरिरहेको गठबन्धनका तर्फबाट भरतपुर महानगरमा माओवादीले मेयर र कांग्रेसले उपमेयरमा उम्मेदवारी दिने सहमति भएकाले सोही अनुसार आज दाहाल र अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन् ।



























