सिंहदरबार न्यूज आजबाट दोस्रो बर्षमा प्रवेश
वि.सं.२०७८ जेठ १५ शनिवार
shares
विशेष सम्पादकीय
मनमा आज प्रशस्तै प्रश्नहरु उब्जिएका छन्, तर सबै अनुत्तरित । अनि याे पावन अवसरमा के लेखु, के लेखु जस्तो भईरहेकाे छ । पक्कै पनि यति पढि सकेपछि पाठकहरुकाे मनमा केहि प्रश्नहरु उब्जिनु स्वाभाविक नै हाे।आज साँच्चै नै मेराे मन हर्षित र आन्नदित भएकाे छ।यस अर्थमा कि सिंहदरबार न्यूज पाेटल दोस्रो बर्षमा प्रवेश गरेकाे छ ।
नेपाली सञ्चार जगतमा थप टेवा पुग्ने हिसाबले आजकाे दिन अर्थात् जेठ १५ बाट सुरु भएकाे हाम्रो यात्रा आज एकबर्षकाे यात्रा पार गर्दै द्राेसाे बर्षमा प्रवेश गरेकाे छ , र उत्सव मनाइ रहेकाे छ । यस बिच मैले धेरै कुराहरुकाे अनुभव गर्ने माैका पाए, याे माैका दिनुभएकोमा सिंहदरबार न्युज लाई बिशेष आभार प्रकट गर्दछु।
एकबर्षकाे समयमा पाएकाे याे माया, प्रेम, सदभावले थप उर्जा मिलेकाे अनुभव मैले गरेकाे छु । त्यसकारण अबका दिनहरुमा हाम्रो यात्रा थप सशक्त हुनेछ। एकबर्षकाे याे अन्तरालमा सिंहदरबार न्युज ले अन्य सञ्चार माध्यममा झै राजनीति, शिक्षा, स्वास्थ्य, खेलकुद, मनाेरञ्जन,शेयर जस्ता अन्य विधामा रहेर समाचार सम्प्रेषण गर्याे । जसका कारण केहि मात्रा भएपनि हरेक जनता सामु सत्य, तथ्य र निष्पक्ष समाचार पुगेकाे अनुभव मैले गरेकाे छु।
यस विचमा सिंहदरबार न्यूज मार्फत आम पाठक सम्म पुग्दा आफुलाई अपार आन्नद भएकाे महशुस भई रहेको छ। युगले काेल्टे फर्दै गरेकाे याे अवस्थामा सिंहदरबार न्यूज बाट साम्रागी एकसाथ एकै ठाउँमा पढ्ने, हेर्ने बातावरण बनाउने काम हामीबाट भएकाेले पनि आज हामी हर्षित भएका छाैँ ।
आशा छ, सिंहदरबार न्यूज काे यस्तै माया, सदभाव, प्रेरणाले सदैव रहि रहेस्, र अबका दिनमा थप सशक्त बन्ने प्रेरणा तपाईहरु बाट मिलिरहेस् ।
अन्ततः सिंहदरबार न्यूज लाई याे सुरुवाती एकवर्षमा साथ तथा सहयाेग गर्ने पाठक, विज्ञापनदाता, एवं शुभचिन्तक प्रति हार्दिक आभार प्रकट गर्दछु । चाँडै नै विश्वमा कोरोना महामारीकाे अन्त्य हाेस्, सामान्य जिवनशैलीमा विश्व फर्कियाेस् । र याे त्रासदीपूर्ण समयकाे अन्त्य भई शान्त र आनन्दित वातावरणकाे पदार्पण हाेस्, आजकाे दिनमा यहि कामना गर्दछु ।




























