गैंडाकोटमा रहेको लक्ष्मी नृसिंह मन्दिर

गैंडाकोटमा रहेको लक्ष्मी नृसिंह मन्दिर

भगवानले सदैव आफ्नो भक्तको रक्षा गर्नुहुन्छ । विभिन्न धार्मिक व्यक्तित्व, धार्मिक गुरु, धर्मग्रन्थ एवम् पुराणहरूबाट हामीले भगवानको अपार शक्ति, असत्यमाथि सत्यको विजय एवम् आफ्नो भक्तमाथि भगवान अदृश्य दृष्टि सदैव रहेको थाहा पाउँछौ ।  भगवान विष्णुको चौबिस अवतार‌मध्ये नृसिंह अवतार भगवान विष्णुको चौंथो अवतार हो । नृसिंह अवतार लिएर भगवान विष्णु पृथ्वीमा अवतरित हुँदा वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि रहेको थियो । कश्यप ऋषि र दितिका छोरा हिरण्याक्ष र हिरण्यकशिपु थिए । हिरण्याक्षको वध वराह भगवानले जलबाट यस धरतीलाई बचाउँन गर्नुभएको थियो । त्यसको प्रतिशोध लिन हिरण्यकशिपुले ब्रह्राको ठू‌लो तप गरी उहाँबाट अमरत्व हुने वरदान पाएको थियो ।   विष्णुपुराणको कथाअनुसार जुन समय असुर संस्कृति यानिकी दैत्यकुल शक्तिशाली हुदै थियो । त्यो समयमा असुर कुलमा विष्णु भक्त प्रह्लादको जन्म भएको थियो । पिता हिरण्यकशिपुले अमरत्वको वरदान पाएको हुँनाले उसले आफ्नो राज्यमा आतङ्क मच्चाएको थियो । उसले आफ्नो राज्यमा विष्णुको पूजा नगर्नु र उनको नामै नलिनु भन्ने आदेश दिएको थियो । यदि कसैले विष्णुको नाम लिए‌मा मृत्युदण्ड दिने  वा आफ्नो राज्यबाट  निष्कासन गरिदिने धम्की दिएको थियो । त्यो सुनेर राज्यमा कसैले विण्णु भगवानको नाम लिदैन्थे । सबैले डरको कारण राज्यभरि विष्णुको पूजा नगरी जताततै हिरण्यकशिपुकै पूजा हुन थालेको थियो ।   हिरण्यकशिपुकी पत्नी कयाधुका कोखबाट प्रह्लादको जन्म भयो। हिरण्यकशिपु राक्षसी प्रवृत्तिको थियो भने उसको कान्छा छोरा प्रह्लाद विण्णुभक्त थिए । प्रह्लाद हुर्किएपछि हिरण्यकशिपुले उनको शिक्षाको प्रबन्ध मिलाए। प्रह्लादमा राक्षसी प्रवृत्ति बसोस् भनि अनेक उपाय लगाए तर सफल भएनन् र अन्त्यमा गुरुकुल पठाए । तर त्यहाँ पनि पढाइ छाडेर हरि भक्तिमा लागे। गुरूले धेरै सम्झाए पनि प्रह्लादले हरिभक्ति छाडेनन् बरू त्यहाँ उपस्थित दैत्यपुत्रहरूलाई पनि हरि भक्तिमा लगाए । दैत्य गुरुले हार मानी प्रह्लादलाई हिरण्यकशिपु  कहाँ पठाए ।   राज्यमा आई उनले पितालाई प्रणाम गरे । हिरण्यकशिपुले बडो स्नेहका साथ छोरालाई लगनशील भएर सिकेका कुरा बताउन लगाए । तर प्रह्लादले भने, ूसर्वप्रथम म श्रीहरिलाई नगन गर्छु जो आदि, मध्य,

पुरा पढ्नुहाेस्