नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सिमित गर्छाैं : अध्यक्ष ओली

1.6K
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट नहाल्ने दावी समेत गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनले बताए ।

उनले भने, ‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छ कोही । अहिले चौंथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउछ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु–यो गठबन्धन केही होईन । बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होईन ? कांग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईहरु । बुढाबुढी, ज्येष्ठ नागरिकहरुले साठी वर्ष माथिका ज्येष्ठ नागरिकहरुले कांग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरु कांग्रेस, माओवादीबाट चेतिसकेका छन । उनीहरुले पनि कांग्रेसलाई भोट हाल्दैनन् ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि पार्टीका नेता, कार्यकर्तालाई पटकपटक सचेत गराए ।

अदालतले बनाएका काँचो सिसाको गठबन्धन, अदालतले बनाई दिएको सरकार, मुद्धा जितेर आएको सरकार, मुद्धा लडन जा भन्ने, जनताको बीचमा हामी जाने । जनताको मत हामीले लिने, उनीहरुलाई हराउने । हामी जनताको मत लिएर सरकारमा जान्छौं । कांग्रेसले अघिल्लो सरकारको भण्डाफोर गरेर निर्वाचनमा जान्छ रे। उसले जे पायो त्यही बोल्छ ।’

अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अव फेरी हटनुनपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए ।

civil hospital
Hams Hospitals