दुर्घटनामा परेका दुईजना सडकमै लडिरहे साइनर बजाउदै हुइँकिए मुख्यमन्त्री शेरधन राई

18K
shares
Nabil bank

विराटनगर, सोमबार दिउँसो बेलबारीका जनक पोखरेल घरबाट लक्ष्मीमार्ग तर्फ जाँदै हुनुहुन्थ्यो । उहाँले पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे भन्ने स्थानमा दुर्घटनामा परेका दुईजना सडकमै लडिरहेको देख्ननुभयो। लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाललाई फोन गर्नुभयो।

कांग्रेसको विरोध सभाको सुरक्षाका लागि पुगेका उहाँको फोन उठेन स्कुटर दुर्घटनामा परेका दुईजना सडकमा छटपटाइरहेका थिए । प्रहरीको फोन नउठेपछि दाजुलाई फोन गरेर ट्राफिक प्रहरी बोलाइदिन भन्नुभयो ।

प्रहरी आउन ढिलो भएपछि घाइतेलाई बेलबारी स्वास्थ्य चौकीसम्म पुर्‍याउन राजमार्गमा गाडी रोक्ने प्रयास गर्नुभयो । बाटोमा हिँड्ने कसैको मन पलाएन । गाडी खोज्दै गर्दा साइनर बज्यो । उहाँलाई एम्बुलेन्स आयो भन्ने लाग्यो । फर्केर हेर्दा प्रहरीको गाडी थियो । प्रहरीको भ्यान पछाडि भीआईपी सवार गाडी र पछुवा गाडीको रुपमा सशस्त्र प्रहरीको भ्यान थियो ।

उहाँलाई लाग्यो अब अस्पताल पठाउन सकिन्छ । अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा हिँडेको गाडी भित्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार हुनुहुन्थ्यो । बाटोमा जनकले रोक्ने प्रयास गर्नुभयो । तर सवारी रोकिएन ।

‘चाडो अस्पताल पुर्‍याउन सकिन्छ कि भनेर कोशिस गर्नुभयो । तर साइरनवाला गाडीले सुन्दै सुनेन’ जनकले भन्नुभयो ‘पछि थाहा पाए मुख्यमन्त्रीको सवारी रहेछ ।’ मुख्यमन्त्रीको सवारी भएको करिब १० मिनेटपछि मात्र प्रहरी आएर उद्धार गरेको उहाँले बताउनुभयो । जनक भन्नुहुन्छ, ‘उहाँले उद्धार नगरेपनि अगुवा पछुवालाई भनेको भए समयमा नै अस्पताल पुर्‍याउन सकिन्थ्यो ।’ यो घटना सोमबार दिउँसो ३ :५० बजेतिरको हो ।

मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रमबाट फर्कदै गर्दा उहाँलाई इलाका प्रहरी कार्यालय पथरीको गाडीले स्कर्टिङ गरेर ल्याएको थियो । दुर्घटनामा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । उपचारको क्रममा खत्रीको मृत्यु भएको छ । भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x