मोटरसाइकलमा आगोलागि हुँदा दुबै जनाको मृत्यु

वि.सं.२०७७ माघ २९ बिहीवार
1.2K
shares
shares

धादिङ । धादिङको धुनीबेसी नगरपालिका स्थित खानी खोला सडक खण्डमा मोटर साईकलमा आगलागी हुँदा उक्त मोटर साईकलमा सवार दुबै जनाको मृत्यु भएको प्रत्यक्ष दर्शी सन्जना तामाङले धादिङपोष्टलाई बताउनु भयो ।
गल्छि तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको टक सगं ठोक्किएर अनियन्त्रि भएर दुर्घटना हँदा मोटरसाइकलमा एक्कासी आगोलागि हुँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ ।
मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।