प्रधानमन्त्रीले छिट्टै वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्‍याइने बताए

1.6K
shares
Shine resunga department bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्‍याइने बताएका छन् ।

 

सुनकोशी-मरिन डाइभर्सन बहुउदेश्यीय परियोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अहिले मासिक ३ हजार रहेको वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्‍याउने बताएका हुन् ।

 

‘२०५१ सालमा हामीले नै मासिक एक सय रुपैयाँबाट वृद्धभत्ता दिन शुरु गरेका थियौं, अहिले त्यसलाई बढाएर ३ हजार बनाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अब केही समयभित्रै त्यसलाई बढाएर ५ हजार रुपैयाँ पुर्‍याउँछौं ।’

 

प्रतिनिधिसभाको यसअघिको चुनावमा बाम गठबन्धनले वृद्धभत्ता मासिक ५ हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेपनि त्यसपछि प्रधानमन्त्री बनेका ओलीले पहिलो वर्ष भत्ता नबढाउँदा चर्को आलोचना सहनुपरेको थियो ।

everest Bank
Sharestha treating