“उफ्रने उफ्रिँदै गर्छन्, कराउँदै गर्छन् उजूरी लिएर अदालततिर, निर्वाचन आयोग कुद् गर्छन्, हामी काम गर्दै गर्छौँ ।’ केपी शर्मा ओली

1.1K
shares

काठमाडौं, नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले झगडियाले मुद्दा गर्ने सच्चा कार्यकर्ता देश बनाउने काममा लाग्ने बताएका छन् ।

 

एमाले अखिल नेपाल महिलासंघद्वारा शनिबार काठमाडौंस्थित भृकुटीमण्डपमा आयोजित बृहत् राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, “उफ्रने उफ्रिँदै गर्छन्, कराउँदै गर्छन् उजूरी लिएर अदालततिर, निर्वाचन आयोग कुद् गर्छन्, हामी काम गर्दै गर्छौँ ।’ उनले भने, ‘झगडियाले मुद्धा गर्छ कार्यकर्ताहरु देश बनाउने काममा लाग्छ । हामी अगाडी बढ्छौँ ।’

 

उनले अहिले देशमा प्रतिक्रियावादीका शक्तिहरुले देशको राजनीतिकको मुल दिशा नै विगार्न खोजेको बताएका छन । ‘नेता कार्यकताका प्रगति मनोवृति भनेको देश र जनताका लागि हुनुपर्छ । तर, संसद विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गर्दा संविधान रहदैन भन्यो, लोकतन्त्र रहँदैन भन्यो ।’ उनले प्रश्न गरे। ‘चुनावमा जाँदा लोकतन्त्र हराउँछ रु संविधान च्यातिन्छ रु’ उनले प्रश्न गरे । बडो हाउभाउका साथ भाषण गर्दै हिडिरहेका छन् । चुनावमा जाने आँट नभएकाहरु ।’ उनले भने ।

 

‘केपी ओलीलाई हटाउनु पर्यो, विकास नगर्ने सरकार तपाई हामिले बनाउनु पर्यो भनेर कित्ली लिएर निवेदन हाल्नु जान्छन् ।’, उनले भने, आफु् निवेदन हाल्नु नजाने विकास नाममा देश अगाडि बढाउने आफु जस्तो नेता कोहि पनि नभएको जिकिर गरेका छन ।

 

अरू व्यक्तिहरू प्रधानमन्त्रीका लागि आवेदन हाल्दै हिँडेको आरोप लगाउँदै आफ्नो पार्टी त्यसो नगर्ने बताएका छन । उनले आफूहरू कसैकोमा प्रधानमन्त्रीको लागि निवेदन दिन नजाने बताएका छन । ‘हामी कसैकहाँ निवेदन हाल्न जाँदैनौ। किनकि, हामीबाहेक अरू कुनै पार्टी र नेतानै त्यसको लायक छैन। कुनै नेताको सोचनै विकास र समृद्धि गर्ने छैन। कुनै नेताको भाषणमा पनि विकासका कुरा गरेका छैनन्। त्यसैले हाम्रो विकल्प छैन।’

 

उनले अहिले पार्टी र देशलाई बर्बाद गर्ने खेलमा लागेको भन्दै आफु यस्तो प्रकारलाई चिर्दै आएको र चिर्ने बताएका छन । उनले भने, ‘आफ्नो निम्ति होइन जनता र देशका लागि, शुषनका लागि काम गरिरहेको छु ।’ उनले भने ‘अब राष्ट्रिय आकांक्षा पुरा गर्न केहि समय पनि लाग्दैन । यिनले खुटट तान्दै गर्छन् हामि देशका लागि काम गर्दै गर्छौँ ।’

civil hospital
Hams Hospitals