फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि

933
shares
Shine resunga department bank

काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयत निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूलय बढोको हो । योसँग अब पेट्रोलको मूल्य प्रतिलिटर ११८ र डिजेलको १०१ रुपैयाँ पुगेको छ ।

 

निगमले दुई महिनाभित्र ४ पटक मूल्य वृद्धि ग।रेको छ । यसभन्दा पहिला फागुन ४, फागुन १७, माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

 

हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ कायम गरिएको छ । अन्तराष्टिय स्तरमा नै पेट्रोलियम पदार्थ मूल्य वेद्धि भइरहेकाले नेपाल आयल निगमले यसमा समायोजन मात्र गरेको बताएको छ ।

 

मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपी गयासमा प्रतिसिलण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ ।

 

 

इण्डियन आयल कर्पोरेशनले आज पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको जनाएको छ । मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा रु एक अर्ब ५४ करोड ६ लाख घाटा हुने अवस्था रहेको दाबी गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार वृद्धि भएको नयाँ मूल्य आज मध्यरातदेखि लागू हुने छ ।