तीन सय युवाहरुले उधमशिलताका लागि विना ब्याज ३ लाख रुपिया प्राप्त गर्ने
वि.सं.२०७७ चैत ४ बुधवार
shares
भक्तपुर, राष्ट्रिय युवा परिषद् , चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजना मिति २०७७/१२/०३ देखि ०९ गते सम्म “सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता- GYB/SYB” सात दिवसिय तालिम कार्यक्रम १० समुहमा ३७० जना लाई आज बाट शुरु भएको छ।
आज राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यतामा सुरु भएको हो। उक्त कार्यक्रमको तालिम पश्चात् नेपाल बैंकले ३०० जनालाई Business Proposal को आधारमा पालिकाको जमानीमा रु ३ लाखको दरले विना ब्याज Loan दिने सहमति भएको छ ।
उद्दघाटन कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोडने बताउनु भयो साथै बैंकले युवाको प्रस्तावनाको आधारमा कर्जा प्रवाह गर्नु पर्ने बताउनु भएको थियो। कार्यक्रममा नेपाल बैंकको तर्फ बाट सम्बोधन गर्दै डिपुटी सिईयो प्रकाश अधिकारीले आवश्यक डकुमेन्ट सहित प्रक्रियामा आए र बैंकले प्रस्तावना हेरेर लगानी गर्ने बताउनु भयो ।
युवाहरुलाइ उधमशिलताका लागि विना ब्याज ३ लाख रुपिया प्राप्त गर्नेछन। मेयर उधमशिलता कार्यक्रम चलाउने चागुनारायन नगरपालिका देशकै पहिलो नगरपालिका हो।