बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेकाे जाल्पा सामुदायिक लघुवित्तकाे आईपीओ बजारमा आउदै

948
shares
national life insurances

बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेकाे जाल्पा सामुदायिक लघुवित्तकाे आईपीअाे सर्वसाधारणका लागि जारी गर्ने प्रक्रिया सुरु गरेकाे छ ।

संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएकाे छ ।

बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रकार हस्ताक्षर भइसकेको प्रभु क्यापिटलले जनाएको छ । सम्झौता पत्रमा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरे ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निश्कासन गरेपश्चात चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्ने बताइएको छ ।

Hams Hospitals
Machhapuchhre Bank Limited