मेरो शेयर एप्लिकेसनको प्रणालीमा समस्या

वि.सं.२०७७ चैत १० मंगलवार
735
shares
shares

काठमाडौं । सीडिएस एण्ड क्लिरिंगको (मेरो शेयर) एप्लिकेसनको प्रणालीमा समस्या आएको छ । सोमबारदेखि समस्या आएका कारण शेयर लगानीकर्ताहरु समस्यामा परेका छन् ।
मेरो शेयरको एप्लिकेशन लग इन नहुने समस्या नयाँ भने होइन । यसभन्दा पहिला पनि बरम्बार मेरोे शेयरको एप्लिकेशनमा समस्या आउने गरेको थियो । तर, सोमबारदेखि भने लगातार समस्या आइरहेकाले लगानीकर्ताहरु समस्यामा परेका छन् ।