सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ९ दशमलव १६ गुणा बढी आवेदन

1.5K
shares

काठमाडौं, सिंगटी हाइड्रो इनर्जी लिमिटेडलेको आईपीओमा आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन रहेको छ। चैत ६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन हो ।

 

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

 

त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। बाँकि रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन्।

 

कम्पनीको आईपीओमा आइतबार साँझ सम्ममा ५.११ गुणा भन्दा धेरै आवेदन परिसकेको छ । बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा ८ लाख ७० हजार ४०९ जना आवेदकबाट ८ लाख ७९ हजार ७१० जना आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

civil hospital
Hams Hospitals