ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार शेयर बाँडफाँट गर्ने
वि.सं.२०७७ चैत १२ बिहीवार
shares
काठमाडौं, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबार शेयर बाँडफाँट गर्ने भएको छ। उक्त कम्पनीको शेयर बाँडफाँटको लागि सिडिएससीले १३ गतेको समय दिएको थियो ।
कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। उक्त कम्पनीले फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।
यो कम्पनीको आईपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन् ।
त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता कर्मचारीहरूलाई र अर्को ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्कासनमा ल्याएको हो।
जसमा अहिलेसम्मकै सर्वाधिक शेयर आवेदनको रेकर्ड बनेको थियो। कम्पनीले निष्कासन गरेको शेयरमा करिब ६.४० गुणा बढी हो। १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।
































