विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

13.7K
shares
Nabil bank

काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिकास्थित वडा नं ११ विशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाडौंको बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको शुक्रबारबाट कारोबार सुरु भएको हो ।

 

बिशेष अदालत परिसरमा शुक्रबर बिहान बिशेष अदालत काठमाडौंका न्यायाधीश प्रेमराज कार्किबाट एक समारोहका विच प्रभु बैंक बिशेष अदालत काठमाडौं एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन् ।

 

 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ ।

 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x