शे फोक्सुन्डो तालमा वल्डलिंकको निःशुल्क वाइफाइ सेवा

18.6K
shares
Nabil bank

काठमाडौं । वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेडले शे फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा सुरु गरेको छ । कम्पनीले यही चैत ८ गतेबाट सो ठाउँमा वाइफाइ सेवा सुरु गरेको हो ।

 

नेपालको प्रमुख तालमध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित र समुन्द्री सतहभन्दा करीव तीन हजार ६६० मिटरको उचाइमा रहेको डोल्पास्थित सो ताल नेपालको मुख्य पर्यटकीय स्थलमध्येको एक हो । हिमाली ताजा र सफा पानीले  भरिएको यो ताल नेपालको धेरै गहिरो र ठूलोमध्येको एक ताल हो ।

 

निःशुल्क वाइफाइ सेवाको शुभारम्भ प्रमुख अतिथि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र वल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गरेका हुन् । सो अवसरमा वल्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल  शे फोक्सुन्डो गाउँपालिका वडा नं ८ का प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्रबहादुर घर्ती सहभागी थिए ।

 

कार्यक्रममा अध्यक्ष अग्रवालले गास, बास र कपाससँग आजको युगमा सुचना प्रविधि पनि जोडिएको बताए । इन्टरनेटको प्रयोगले हामी हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छौं भन्दै उनले सुचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञान हासिल गर्ने माध्यम बन्न सक्ने, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ, सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुनसक्ने, डाक्टर नभएको ठाउँमा पनि इन्टरनेटबाट डाक्टरको सल्लाह लिई उपचार गर्न सकिने बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x