नेयमारकाे आफ्नो टोली पुन एक पटक च्याम्पियन लिग फाइनल खेल्ने विश्वास
वि.सं.२०७८ वैशाख २० सोमवार
shares
ब्राजिलियन फरवार्ड नेयमारले आफ्नो टोली पुन एक पटक च्याम्पियन लिग फाइनल खेल्ने विश्वास ब्यक्त गरेका छन् । पहिलो लेग २-१ ले पछी परेको पेरिस सेन्ट जर्मेनले दोश्रो लेग म्यानचेस्टर सिटीको घरेलु मैदानमा कमब्याक गर्न सक्ने प्रतिबद्धता नेय्मारले गरेका हुन् । उनले टोलीलाई जित दिलाउनका निम्ति आफु आफ्नो स्थानबाट जे पनि गर्न सक्ने र मैदानमा मर्नु परे पनि मर्ने धारणा नेयमारले गरेका हुन् ।
पीएसजीले गत साता आफ्नै घरेलु मैदान पार्क डेस प्रिन्सेन्समा पहिलो लेग २-१ गोल अन्तरले गुमाउन पुगेको थियो । अग्रता जोगाउन नसक्दा सिटीले २ अवे गोलको फाइदा लिएको हो ।
तर पीएसजी स्टार नेयमार भने आफ्नो टोलीले कमब्याक गर्न सक्नेमा विश्वस्त जनाएका छन् । सहज नरहेको कम्ब्याकका निम्ति नेयमारले लगातार पीएसजीले दोश्रो च्याम्पियन लिग फाइनल खेल्ने बताएका हुन् ।
घरेलु लिग लिग १ अन्तर्गत लेन्स विरुद्धको २-१ को जितसंगै नेयमारले आफ्नो क्लब कै आधिकारिक मिडियासंग बोल्दै उनले आफु र आफ्नो टोलीलाई प्रयाप्त आराम चाहिएको र पूर्ण आचरण च्याम्पियन लिग केन्द्रित रहने नेय्मारले बताए । पहिलो लेग निकै संगर्षपूर्ण रहेको साथै तथ्यांक र जित्ने सम्भाबना जति प्रतिसत रहे पनि फरक नपर्ने टिप्पणी समेत नेय्मारले गरे । नेय्मरले आफ्नो क्लबका हर चिन्तकले टोली माथि विश्वास राख्नका निम्ति समेत आव्हान गरेका छन ।
आफ्नो टोलीका निम्ति घम्सान खेलमा आफु एक योद्धा सरह खेल्नेमा आफ्नो मत नेय्मारले दिएका थिए । आफ्नो पूर्ण प्रयास सहित जितका निम्ति अन्तिमसम्म लड्ने साथै मैदानमा मर्नु परे पनि पछी नहट्ने प्रतिबद्धता सहित कम्ब्याक गर्नेमा विश्वस्त रहन नेय्मार बताउछन ।
पहिलो लेगमा भएका गल्ति कै कारण पीएसजीले महँगो हार ब्यहोरेको थियो साथै अग्रता जोगाउन नसक्नुले समेत पीएसजी स्तब्द थियो । फाइनल प्रवेशका निम्ति इथियाड स्टेडियममा कम्तिमा २-० को नतिजा आवश्यक छ जसले पीएसजी फाइनलसम्मको यात्रा तय गर्ने छ । चेल्सी र रियल मड्रिड समेत बराबरी खेलेको हुदा यस साताको दुवै सेमी फाइनल खेल रोमान्चक हुने छ ।

























