समता र घरेलु लघुवित्त मर्जर पश्चातको शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७८ वैशाख २१ मंगलवार
shares
काठमाडौं । घरेलु लघुवित्त वित्तिय संस्थासँग मर्जर पश्चात कायम समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
सोमवार समता घरेलु लघुवित्तको नामबाट सूचीकृत भएको यो शेयर मंगलवारदेखि कारोबारमा आउनेछ । मर्जर प्रकृयाका लागि गत असार १ गतेदेखि समता लघुवित्तको शेयर कारोबार रोक्का रहेको थियो । घरेलु लघुवित्त वित्तीय संस्था भने धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको संस्था हो ।
यी दुई कम्पनीविच १:८० को अनुपातमा मर्जर प्रकृया सम्पन्न भएको हो । यसअनुसार घरेलु लघुवित्तको १०० कित्ता शेयर हुने लगानीकर्ताहरुले समता लघुवित्तको ८० कित्ता शेयर प्राप्त गर्ने भएका हुन् ।
मर्जर पश्चात समता घरेलु लघुवित्तको नामबाट यी दुई कम्पनीले बैशाख २ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । मर्जर पश्चात बनेको समता घरेलु लघुवित्तको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वार्ड नं. ८ , काभ्रेपलाञ्चोकमा रहेको छ ।




























