बोनस सेयरमा लाग्ने कर तिर्न एनआईबिएल एस क्यापिटलको आग्रह, कसरी तिर्ने ?

1.4K
shares

काठमाडौं । एनआईबिएल एस क्यापिटलले बोनस सेयरमा लाग्ने कर तिर्न विभिन्न कम्पनीका सेयरधनीलाई आग्रह गरेको छ । विभिन्न कम्पनीको सेयर रजिष्ट्रारको काम गर्दै आएको क्यापिटलले विभिन्न कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको बोनस सेयरको लागि कर वापतको रकम बुझाउन सेयरधनीलाई आग्रह गरेको हो ।

 

त्यसैले सो कर वापतको रकम सेयरधनीहरुले विभिन्न बैंक खातामा सजिलै बुझाउन सक्ने क्यापिटलले जनाएको छ । जसको लागि बैंकले विभिन्न कम्पनीको नाम र बैंक खाता नम्बर, बैंक खाताको नाम र आर्थिक वर्षसमेत उपलब्ध गराएको छ । सोही विवरण अनुसार सेयरधनीले कर वापतको रकम बुझाउन सक्नेछन् ।

 

 

साथै, कर वापतको रकम बुझाउँदा सेयरधनीले आफनो नाम र हितग्राही खाता नं. अनिवार्य रुपमा उल्लेख गनुपर्ने छ । साथै, कर तिरिसकेपछि भौचर स्क्यान गरेर एनआईबिएल एस क्यापिटलको इमेल र फोन मार्फत जानकारी गराउन क्यापिटलले आग्रह गरेको छ ।

 

त्यसैगरी, सेयरधनीले बोनस सेयर बापतको करको विवरण काठमाडौंको लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयमा फोन मार्फत सम्पर्क गरी जानकारी पाउन सक्नेछन् ।

 

सेयरधनीहरुले यी बैंक खातामा कर बुझाउन सक्नेछन्

 

 

civil hospital
Hams Hospitals