सुवास नेम्वाङ र विष्णु पौडेल राजीनामा रोक्न सक्रिय
वि.सं.२०७८ वैशाख २६ आइतवार
1.1K
shares
shares
माधव पक्षले सामूहिक राजीनामा दिने तयारी गरे पछि नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता राजीनामा रोक्न सक्रिय भएका छन् । सामूहिक राजीनामाको तयारी गरेर सिंहदरबार भेला भइरहेका बेला ओली पक्षका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल ओलीको सन्देश लिएर सिंहदरबार पुगेका हुन् ।
भेटघाटमा पार्टी एकता विकल्पमा पुन छलफल गर्ने गरी सहमति भएको जनाइएको छ । माधव पक्षले छलफल र वार्ता जारी राख्ने तर आफ्नो तयारी नरोक्ने जनएको छ । अर्को छलफल शीर्ष तहमा गर्ने गरी सुवास नेम्वाङ र विष्णु पौडेल छुट्टिएका थिए ।




























