नेपाल इन्स्योरेन्सको खुद नाफा २७ प्रतिशतले बढ्यो,
वि.सं.२०७८ वैशाख २८ मंगलवार
shares
नेपाल इन्स्योरेन्स (NICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २६.८८ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि ३५.२८ प्रतिशतले बढेर ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४३ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले चैत मसान्तसम्ममा पुनर्बीमा व्यवसायबाट कमिशन बापत ११ करोड ५० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ, बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित छ ।
कम्पनी हालसम्म १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा, प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १ पैसा र मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ ।




























