उद्योग वाणिज्य महासंघको सहायता केन्द्र : टेलिफोन वा एसएमएस गरि सहयोग लिन सकिने

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गठन भएको सहायता केन्द्रले कोभिड १९ संक्रमणमा परेकालाई सेवा प्रवाह गर्न सहजीकरण र समन्वय गर्नेछ । कोभिड १९ सहायता केन्द्रले ६ वटा सहायतका क्षेत्रहरुको पहिचान गर्दै महासंघ सदस्यहरुलाई जिम्मेवारी समेत तोकेको छ ।

यससँगै महासंघले सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल ९८०१०९६८१२ र रिंकु घिमिरे ९८०११९२५९१ लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि सहयोग लिन सकिने जनाएको छ । अक्सिजन सिलिण्डरको व्यवस्थापनको जिम्मेवारी महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइ र ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई दिइएको छ । यस्तै, अस्पताल तथा आइसालेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित) ,बाबुकाजी कार्की र केयुर गौतमलाई जिम्मेवारी दिईएको छ ।

एम्वुलेन्स तथा आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि रञ्जितराज आचार्य, औषधि तथा मेडिकल उपकरणको जिम्मेवारी प्रवलजंग पाण्डे र भक्त हमाललाई दिईएको छ भने होटल र हवाई यातायात व्यवस्थापनका लागि ज्योत्सना श्रेष्ठ ,विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी दिइएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले महासंघको सहायता केन्द्रबाट समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका सर्वसाधारणलाई सहयोग पुग्ने बताउनुभयो । महासंघले काठमाडौँ उपत्यकामा २०० बेडको आइसोलेसन केन्द्र बनाउन लागेको उहाँले जानकारी दिनुभयो । कोभिड संक्रमण बढेर देश नै अस्तब्यस्त हुन लागेको बेला नीजि क्षेत्रको छाता संगठनले सहायताको लागि अग्रसरता देखाएको छ ।

यो क्रम निरन्तर रहने र नीजि क्षेत्रका संस्था तथा व्यवसायी एक भएर कोभिड बिरुद्ध लड्न जनता र सरकारलाई सघाउने बरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले सहकार्यका लागि आग्रह गरेपनि नीजि क्षेत्रले बेवास्ता गरिरहेको भन्दै समाचार आउन थालेपछि महासंघले सक्रियता देखाएको हो ।

नोटः यो समाचार भर्चुवल संवादका आधारमा तयार गरिएको हो । यसको भिडियो जस्ताको तस्तै पठाएका छौं । आफ्नो अनुकुलतामा प्रयोग गर्न सक्नुहुनेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro